‘गौँथली’ले साढे २५ करोड कलेक्सन गर्दा ‘मास्टर्नी’को कति ?

‘गौँथली’ले साढे २५ करोड कलेक्सन गर्दा ‘मास्टर्नी’को कति  ?

१६ भदौ काठमाडौं । बक्सअफिसमा ब्लकबस्टर चलचित्र ‘गौँथली’ले हालसम्म साढे २५ करोडभन्दा धेरै रुपैयाँ ग्रसकलेक्सन गरेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आइतबारसम्म २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।आइतबारसम्म यो चलचित्र नौ लाख ३१ हजार ६२७ जना दर्शकले हेरेका चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकमा उल्लेख छ ।यो चलचित्र नेपाली सिनेमा उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने सिनेमाको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ ।

‘कबड्डी–४’को नाममा रहेको दोस्रो स्थानको रेकर्ड यो चलचित्रले उछिनेको हो । पहिलो स्थानमा ‘पूर्ण बहादुरको सारङ्गी’ छ ।डा- कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।यसैबीच, चलचित्र ‘हली’ले आतइबारसम्म २३ लाख ११ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

आठ हजार ४६३ वटा टिकट बिक्री भएका छन् ।निर्देशक ओम प्रतीकसहित यो चलचित्रमा चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ । ‘हली’ यही साउन २२ गतेबाट प्रदर्शनमा आएको थियो ।चलचित्र ‘लज्जावती’ले सात लाख ७५ हजार ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा मुकुन भुसाल र श्री कृष्ण निरौला मुख्य भूमिकामा छन् ।‘लज्जावती’ साउन २९ गतेदेखि हलमा प्रदर्शन आएको थियो । प्रेम कथामा आधारित चलचित्रलाई निर्देशक राजबहादुर सानेले निर्देशन गरेका छन् ।चलचित्र ‘मास्टर्नी’ले ३९ लाख ५२ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रका ११ हजार ९९६ टिकट बिक्री भएका छन् । प्रियंका कार्की, सिम्रन खड्का र प्रमोद अग्रहरि मुख्य भूमिकामा रहेको चलचित्रलाई बंगाली निर्देशक सुवेन्धू घोषले निर्देशन गरेका छन् ।