उद्धार तथा राहत कोषमा रकम जम्मा गरेको भन्दै ठग्ने रास्वका नेता पक्राउ

उद्धार तथा राहत कोषमा रकम जम्मा गरेको  भन्दै ठग्ने रास्वका नेता पक्राउ

१४ भदौ काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख २० हजार रुपैया जम्मा गरेको भनी नक्कली स्टेटन्टमेन्ट सार्वजनिक गरेपछि पक्राउ परेका भगवान कार्की रास्वपाका स्थानीय नेता रहेको खुलेको छ ।आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि क्याण्डिडेट क्लबमा समेत सहभागी भइसकेको कार्की आफ्नै गलत हर्कतका कारण प्रहरी फन्दामा परेका छन् भने राजनीतिक करिअर पनि संकटमा परेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका कार्य समितिका सहसचिव समेत रहेका कार्की वडा नम्बर २ ठोसेका स्थायी बासिन्दा हुन् ।उनले १ लाख २० हजार रुपैया कोषमा दाखिला गरेको भनेर क्युआर र भौचर सार्वजनिक गरेपछि उनलाई चिन्नेहरुले शंका मानेर प्रहरीमा खबर गरेको पाइएको छ । रास्वपाकै कार्यकर्ताले उनीबाट यो रकम हाल्न सम्भव नभएको सूचना प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय मन्थलीले ठोसे चौकीलाई खबर गरेको थियो ।यसैबीच रास्वपा रामेछापका सभापति रमेश रायमाझीले यो घटनाको बारेमा आफूले बुझ्दै गरेको र गलत गरेको पाइए कार्कीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने बताए ।