दाङमा तीन वर्षीय बालिकाको कुलोमा डुबेर मृत्यु

दाङमा तीन वर्षीय बालिकाको कुलोमा डुबेर मृत्यु

१३ भदौ दाङ । दाङमा तीन वर्षीय बालिकाको कुलोमा डुबेर मृत्युको प्रहरीले जनाएको छ ।तुलसीपुर उपमहानगरपालिका–१० नयाँगाउँ निवासी पूर्णबहादुर चौधरीको ३ वर्षिया छोरी प्रणवी चौधरीको सिंचाई कुलोमा डुबेर मृत्यु भएको हो ।

कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याएको केही समयपछि मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बालिकालाई आज बिहान साढे १० बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोले बगाएको हो ।