१३ भदौ काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण देश आहतमा छ । बाढीमा सयौँ व्यक्तिहरु परेका छन् केहीको शव फेला परे पनि सम्पर्कविहीन हुनेको संख्या ठूलो छ ।आम मानिस आफ्ना आफन्तजनको खोजी, उद्धार र राहतको काम प्रभावकारी होस् भन्ने चाहिरहेका छन् ।तर सरकार मन्त्रीहरु भने एक भारतीय लेखकसँग पाँच तारे होटलमा भोज खाइरहेको फोटो सार्वजनिक भएको छ ।भारतीय लेखक तथा राजनीतिज्ञ शशि थरूर आफ्नो पुस्तक ‘म किन हिन्दू’ सार्वजनिक गर्न नेपाल आएका छन् ।
उनको पुस्तक बुधबार नै सार्वजनिक भए पनि उनीहरुले भेटघाट र समय बिताइरहेका छन् ।उनै थरुरलाई भेट्न अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, रास्वपा सभापति रवि लामिछानेसहितका पदाधिकारीहरु लाइन लागेर होटलमा पुगेको सार्वजनिक भएको छ ।थरुरले अर्थमन्त्री वाग्लेसँग भेटेको फोटो सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग प्रभावित भएँ । उहाँले आफ्नो देशका आर्थिक चुनौती र सम्भावनाबारे निकै गम्भीरतापूर्वक र विचारपूर्ण ढंगले कुरा गर्नुभयो । उहाँको मराठी नामबारे मलाई जिज्ञासा लागेको थियो । उहाँले आफ्ना पुर्खाहरू ८०० वर्षअघि महाराष्ट्रबाट नेपालमा बसाइँ सरेको बताउनुभयो ।
नयाँ नेपाल सरकारमा स्मार्ट, शिक्षित र व्यावसायिक व्यक्तिहरूको नयाँ पुस्ता जिम्मेवारीमा आएको छ । पेशाले अर्थशास्त्री रहेका वाग्ले त्यस पुस्ताका उत्कृष्ट प्रतिनिधि हुनुहुन्छ । दिनको अन्त्यमा उहाँसँगै रात्रिभोजमा सहभागी भएँ ।’त्यस्तै, उनले लामिछाने, खनालसँगको भेटबारे पनि ट्वीटरमा चर्चा गरेका छन् ।अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदाससँग पनि भेट गरेको उनको दाबी छ ।देश बाढी प्रलयमा परेका बेला जिम्मेवार व्यक्तिहरु भोज, मनोरञ्जनमा लाग्नु अस्वभाविक भएको राजनीतिक विश्लेषक देवराज दाहाल बताउँछन् । दैनिक नेपालबाट