११ भदौ काठमाडौं । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सनजिकैको केन्सकोफ सहरमा आपराधिक गिरोहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुगेको संयुक्त राष्ट्रसंघ यूएनले जनाएको छ ।घटनामा ५० भन्दा बढी मानिस अपहरणमा परेका छन् ।
अन्य २२ जना गम्भीर घाइते भएका छन् ।यो घटना एक दशकभन्दा बढी समयपछि पहिलोपटक आमनिर्वाचन गराउने तयारी भइरहेको हाइटीमा पछिल्ला वर्षहरूमा भएका ठूला सामूहिक अपहरणका घटनामध्ये एक मानिएको अलजजिराले जनाएको छ ।