११ भदौ चितवन । रसुवा पहिरोले बगाएर चितवनसम्म ल्याएका शव राख्न ठाउँ अभाव भएपछि चितवन प्रशासनले कोल्ड स्टोर बनाएर व्यवस्थापनको तयारी गरेको छ ।जिल्लामा जम्मा ५० वटा शव मात्रै व्यवस्था गर्न सकिने क्षमता रहेकाले नयाँ व्यवस्था गर्नु परेको हो । नारायणी किनारामा एकैठाउँ ४–५ वटासम्म शव भेटिन थालेपछि जिल्ला सुरक्षा संयन्त्रले शव व्यवस्थापनको लागि सरकारी भवन प्रयोग गर्न लागेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव व्यवस्थापनमा कठिनाइ भएपछि प्रयोगमा नभएको सरकारी भवनमा कोल्ड स्टोर बनाउन लागिएको जानकारी दिए ।अहिले कोल्ड स्टोर तयार गर्ने काम भइरहेको छ । तापक्रम व्यवस्थापन पछि शवहरु तत्कालीन कृषि सामग्री केन्द्रको भवनको कोठामा राख्न लागिएको हो ।