कैलाली हुँँदै बर्दिया पुगेका सशस्त्र प्रहरी महानिरीक्षक पौडेल के भने ?

कैलाली हुँँदै बर्दिया पुगेका सशस्त्र प्रहरी महानिरीक्षक पौडेल के भने ?

९ भदौ बर्दिया । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बर्दिया तथा बाँकेस्थित सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ।निरीक्षणका क्रममा उहाँले आवश्यक निर्देशन दिनुका साथै सीमा नाकालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने विषयमा जिल्ला सुरक्षा समिति, भन्सार प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा छलफल गर्नुभएको छ

यसैगरी सोमबारसुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बलका कार्यालय प्रमुख तथा सीमा क्षेत्रमा खटिएका अधिकारीहरूसँग सोमबार धनगढीमा भएको छलफलमा महानिरीक्षक पौडेलले नेपाल सरकारको नीति तथा निर्देशनअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनु भयो ।