दुई लाखसम्म विदेशीको भिसा रद्द गर्ने अमेरिकाको तयारी

दुई लाखसम्म विदेशीको भिसा रद्द गर्ने अमेरिकाको तयारी

९ भदौ काठमाडौं । अमेरिकी सरकारले दुई लाखसम्म विदेशी नागरिकको व्यापारिक बी१ र पर्यटक बी२ भिसा रद्द गर्ने तयारी गरेको छ । यो कार्य कार्यान्वयन भएमा एकैपटक यति ठूलो संख्यामा भिसा रद्दको पहिलो घटना हुनेछ ।अमेरिकी विदेश मन्त्रालयले आउँदा दिनमा सन् २०१६ देखि २०२६ बीच जारी गरिएका केही बी १ र बी २ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ ।

प्रस्तावित कारबाही विशेष गरी अमेरिका पुगेपछि शरणका निम्ति आवेदन दिएका वा दिने तयारीमा रहेका व्यक्तिहरूलक्षित हुनेछ ।अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले केही व्यक्तिले छोटो अवधिको भ्रमण वा व्यापारिक प्रयोजनका निम्ति अमेरिका प्रवेश गरेपछि स्थायी रूपमा बस्ने उद्देश्यले शरणका लागि आवेदन दिने गरेका पाइएको बताए ।