२७ साउन रौतहट । फेसबुकमा गाली गलौज गरी गर्ने रौतहटका रास्वपा नेता पक्राउ परेका छन । सामाजिक सञ्जालमा लेखेको गालीगलौजले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नेता रविन्द्र यादवलाई प्रहरीसम्म पक्राउ गरेको हो ।स्थानीय सागर यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको उजुरी परेपछि प्रहरीले उनलाई हिजो साँझ करिब ७ बजे नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सामाजिक सञ्जालमा गरिएको अभद्र व्यवहारसम्बन्धी उजुरीका आधारमा यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।