‘म मदनकृष्ण’मा वर्षा राउत हरिवंशको श्रीमती

‘म मदनकृष्ण’मा वर्षा राउत हरिवंशको श्रीमती

२६ साउन काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ ।निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो । उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भूमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन् ।अब म मदनकृष्णमा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन् । अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन् ।

वर्षाको केही समयअघि रिलिजको भएको चलचित्र मालती मंगलेमा उनको अभिनयको ठूलो प्रशंसा भएको थियो ।मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृ‘म मदनकृष्ण’को बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् । मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह लगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।