अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

२६ साउन काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले मूल्य बढाएका छन् ।नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट ३० वटाको ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो तीन हजार रुपैयाँ प्रतिपेटी सात क्रेट समर्थन मूल्य कायम गरिएको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग धेरै बढेको छ ।माग बढेसँगै अण्डाको मूल्य बढेको हो । फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए । मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए ।