कैदी बोकेको भ्यानले मोटरसाइकललाई ठोक्यो एक जनाको मृत्यु

कैदी बोकेको भ्यानले मोटरसाइकललाई ठोक्यो एक जनाको मृत्यु

२२ साउन, रुकुम पश्चिम । मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

विहिवार बेलुकी पख जिल्ला कारागारबाट कैदीलाई लिएर गएको बा- प्र-०३००१ च ३९५६ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको क-प्र- ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका–८ तावलेमा एकआपसमा ठोक्किएका थिए ।दुर्घटनामा मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाही र पछाडि सवार रहेका आठबिसकोट–८ का निवास बोहरा घाइते भएका थिए ।उपचारका क्रममा निवास बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते शाहीलाई थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको छ ।