प्रदेश सदस्य राजकुमार चौधरीलाई कारबाही सिफारिस

प्रदेश सदस्य राजकुमार चौधरीलाई कारबाही सिफारिस

दीपककुमार शर्मा
२१ साउन बर्दिया ।गएको निर्वाचनमा अन्य पार्टीका उम्मेदवारलाई सघाएको भन्दै नेकपाले बर्दिया क्षेत्र न १ को २ का लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरीलाई कार्वाहिको सिफारिस गरेको छ । तत्कालिन अवस्थामा नागरिक उन्मुक्ति पार्टी बाट निर्वाचन जितेका राजकुमार थारुको पार्टी नेकपामा विलय भएको थियो । तत्कालिन पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड संग पार्टी विलय गरापछि नियम अनुसार राजकुमार चौधरी पनि नेकपा पार्टीको प्रदेश सभा सदस्य हुन ।
गएको संघिय निर्वाचनमा नेकपाका उम्मेदवार विष्णु थारुलाई जिताउनको लागी लाग्नु पर्नेमा उल्टै आफनै पार्टीका उम्मेदवारलाई हराउनको लागी भुमिका खेलेको भन्दै केहि दिन पहिले वसेको नेकपाको जिल्ला कमिटि बैठकले प्रदेश कमिटि र केन्द्रिय कमिटिलाई कार्वाहिको सिफारिस गरेको नेकपाका जिल्ला अध्यक्ष बखतबहादुर खडकाले बताउनु भयो । उहाका अनुसार जिल्ला बाट कार्वाहिको लागी सिफारिस गरिएको हो प्रदेश कमिटि र केन्द्रिय कमिटिबाट हाल सम्म कुनै थप जानकारी नआएको बताउनु भयो ।

यतिखेर लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रकृया चलिरहेका बेला राजकुमार चौधरी आफु पनि मन्त्री बन्ने लाइन रहको र त्यसका लागी पेरीसडाडा वरीपरी चक्कर काटिरहेको नेकपा स्रोतले बताएको छ । नेकपा बर्दियाका अनुसार पार्टीले कार्वाहिको सिफारीस गरेकालाई मन्त्री बनाइयो भने बचेको पार्टीको अस्तित्व पनि हराउन सक्ने बताइएको छ ।नयाँ सत्ता समीकरण अनुसार कुन दलले कुन मन्त्रालय पाउने र सरकारमा कसलाई सहभागी गराउने भन्ने विषयमा सत्तारुढ दलबीच निरन्तर छलफल भइरहेको छ । छलफलका क्रममा पहिलो चरणमा मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने र त्यसपछि मन्त्रालयको बाँडफाँट टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको बताइएको छ ।

लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपाका १३, जसपा नेपालका ५, राप्रपाका ४, जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।