पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै ईम्पेरियल इन्जिनियरिङ कलेज

पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै  ईम्पेरियल इन्जिनियरिङ कलेज

१८ साउन भक्तपुर । भक्तपुरको ताथली स्थित इम्पेरियल कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रबाट Ev Lav सन्चालनमा ल्याउने भएकोछ ।जहाँ विद्यार्थीले मोटर, कन्ट्रोलर, ब्याट्री प्याक र बीएमएस जडान जस्ता व्यवहारिक काम सिक्ने अवसर पाउनेछन्।कलेजले यो प्रयोगशालालाई शैक्षिक अभ्यासमा मात्र सीमित नराखी भविष्यमा सर्वसाधारणका सवारीलाई व्यावसायिक रूपमा रूपान्तरण सेवा दिने व्यबसायिक योजनासमेत बनाइरहेको Lab incharge सुरेश सिंहले जनकारी दिए ।

ल्याव स्थापना र सिकाइले विद्यार्थीलाई प्रत्यक्ष उद्योगसँग जोड्ने, अनुसन्धान बढाउने र नयाँ रोजगार तथा उद्यमशीलताका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।हाल कलेजले त्रि वि क्यालेन्डर अनुसार बीई सिभिल ९६ सिट, बीई कम्प्युटर ४८ सिट र बीई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन ४८ सिटका लागि भर्ना खुला गरेको छ ।करिब १३ रोपनी हरियाली परिसर, छात्र–छात्रावास, काठमाडौं भर यातायात सँचालन गरेको Imperial को नयाँ व्यबस्थापन टिमले Digital Twin Technology , Ev Lab ,  कलेज परिसर भित्रै futsal र शिक्षण प्रणालीले कलेज विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।