१४ साउन दाङ। दाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो अन्य तीनजना घाइते भएका छन् ।बुधबार साँझ ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम प्रक्रियाबाट प्राप्त ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको जीप अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दाङको गढवा गाउँपालिका–६ गढवा बजारका २६ वर्षीय सागर कुमालको उपचारका क्रममा मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका कुमाललाई प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो ।दुर्घटनामा घाइते भएका अन्य तीनजनाको लमही अस्पतालमा उपचार गरिएको थियो ।