९ साउन वाँके । नेपालगञ्ज उपमहानगरपालिकामा जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका छ वटा ऐतिहासिक शालिकको पुनर्निर्माण गरी पुनः अनावरण गरिएको छ ।पुनर्निर्माण गरिएका शालिकहरूमा पूर्वप्रधानमन्त्री सुशील कोइराला, गणेशमान सिंह, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, राजा वीरेन्द्र शाह र सहिद सेतु विकका रहेका छन् । :
नगरप्रमुख प्रशान्त विष्टले इतिहासको सम्मान र ऐतिहासिक व्यक्तित्वको योगदान स्मरण गर्दै नयाँ पुस्तालाई सचेत गराउने उद्देश्यले शालिक पुनर्निर्माण गरिएको बताएका छन् ।