८ साउन काठमान्डौं । सिंहदरवारको दक्षिण गेटमा गएको असार २९ गते धर्ना दिने निहारिका राजपुत र बिनु यादवलाई हिरासतमा राखिएको छ । केहि वर्ष पहिले आफु मेयर हुँदा उनले गरेको आन्दोलनको समर्थन गरेका बालेनले अहिले आफु प्रधानमन्त्री भएपछि उनलाई हिरासतमा जाकिदिएका हुन ।न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा धर्ना बसे। असारको चुहुँदो झरीमा उनीहरू दुवै दक्षिण गेटमा पल्टिएर धर्ना दिए ।
बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई निहारिकाले मुद्दा हालेकी थिइन् । निहारिका र शिवबीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ – ४ बमोजिम मिलापत्र भएको थियो ।त्यसपछि उनीहरू घरेलु हिंसा र मुद्दाको शीघ्र फर्छ्यौटको माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न पुगे। तर त्यहाँबाट पक्राउ गरेर निहारिका र बिनुई प्रहरीले मुद्दा अघि बढायो । दुवैजनालाई पक्राउ गरी ५ दिनको म्याद लिएर हिरासतमा राखिएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले दुवैलाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न बिहीबार अनुमति दिए ।काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनै बालेन शाह निहारिकालाई भेट्न अस्पताल पुगेका थिए ।
बालेन शाहले शीतल निवासअगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग २०७९ साउन २८ गते त्रिवि शिक्षण अस्पतालमै पुगेर भेट गरे थिए ।त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेटेपछि तस्वीर पनि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।त्यबेला बालेनले महोत्तरीकी निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका थिए। ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रहेछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने रु यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ बालेनले लेखेका थिए ।आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ थियो । त्यसबेला निहारिका राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरूवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै फेरि प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग थियो ।
तर, अहिले उनै बालेन प्रधानमन्त्री पदमा रहेका बेला उनको सरकारी निवास अगाडि न्याय माग्न पुग्दा निहारिका र बिनुलाई पक्राउ गरी हिरासतमा राखिएको छ । हिरासतमा मात्रै राखिएन उनीहरूविरुद्ध म्याद थपेर मुद्दा नै अघि बढाइयो ।