कंगोमा इबोला प्रकोप मृत्यु हुनेको संख्या करिब एक हजार पुग्यो

कंगोमा इबोला प्रकोप मृत्यु हुनेको संख्या करिब एक हजार पुग्यो

७ साउन काठमान्डौ । कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब एक हजार पुगेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ ।

कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना संक्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन् । गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएकोमध्ये एक भएको अधिकारीले बताएका छन् ।