७ साउन काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘प्रिन्स’को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । चलचित्रको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।
रेकर्ड गरिएको गीतमा निर शाहकै शब्द, शम्भुजित बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको छ । यसअघि चलचित्रको पहिलो गीत शिव परियारको स्वरमा रेकर्ड भइसकेको थियो ।