भारतमा ककरोच पार्टीको आन्दोलन प्रहरीले हस्तक्षेप

भारतमा ककरोच पार्टीको आन्दोलन प्रहरीले हस्तक्षेप

६ साउन काठमान्डौं । भारतमा ककरोच पार्टीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।सोमबार भारतीय संसद् भवन अगाडि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हजारौँ विद्यार्थीहरूमाथि प्रहरीले कडा दमन गरेपछि दिल्लीका प्रमुख सडकहरू तनावग्रस्त बनेका छन्। प्रहरीले चलाएको अश्रुग्याँस र बल प्रयोगका कारण १०० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।व्यापक दमन र धरपकडका बाबजुद आन्दोलनकारी विद्यार्थीहरू पछि हट्न अस्वीकार गर्दै पुनः सडकमा फर्किएका छन्।

‘ककरोच जनता पार्टी’को आह्वानमा भएको प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी अंशुल देवले भने, “जुन सरकारलाई हाम्रा अभिभावकले भोट दिएर ल्याए, उसैले हामीलाई आतङ्ककारी र अपराधी जस्तो व्यवहार गरिरहेको छ।विगत दुई महिनादेखि भारतका विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षाहरूको प्रश्नपत्र बाहिरिएको पेपर लिक र उत्तरपुस्तिकाको गलत मूल्याङ्कन भएको भन्दै लाखौँ विद्यार्थी आन्दोलित छन्। यसै धाँधली र तनावका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरिसकेका छन्। विद्यार्थीहरूले शिक्षा मन्त्रीको राजीनामा, अनशनरत अभियन्ता सोनम वाङचुकको अस्पतालबाट रिहाइ र मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग राखेका छन्।

यसैबीच, विपक्षी दल काङ्ग्रेसका नेता राहुल गान्धीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको निवासबाहिर अन्य सांसदहरूसहित धर्ना दिँदै नागरिकहरूलाई सडकमा उत्रिन आह्वान गरे। सरकार र आन्दोलनकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ। ककरोच जनता पार्टी’का प्रवक्ता आशुतोष रङ्काका अनुसार स्वास्थ्य मन्त्री जेपी नड्डासँगको वार्ता ४ घण्टा पर्खाएर १० मिनेटमा सीमित गरिएकाले समयको बर्बादी मात्र भएको बताएका छन्।