१८ जेठ बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुईजनाको मृत्यु भएको छ ।सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी ६ वर्षीया जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको छ ।
प्रहरी निरीक्षक भाटका अनुसार गाउँनजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनको मृत्यु भएको हो ।