१७ जेठ बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाले स्थापना दिवशको अवशरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । बर्दियाको गुलरिया स्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य सुर्यबहादुर सिंह, पुर्व केन्द्रिय सदस्य वासुदेव शर्मा , संस्थापक नेता प्रेमबहादुर डाँगी लगायतकाले पार्टीको अवस्था आगामी कार्ययोजना लगायतका विषयमा आ आफना विचार राख्नु भएको थियो ।
राप्रपा बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका पुर्व जिल्ला उपाध्यक्ष कमलबहादुर हमालले समेत बोल्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लोकबहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालक पार्वति लम्सालले गर्नु भएको थियो ।