८ जेठ काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो भन्दै प्रश्न गरेकी छन् ।शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले कोसी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफल सांसद राना मगरले सुकुम्वासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राना मगरले स्थानीय तहहरूले सुकुम्वासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताइन् । केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्वासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको उनले आपत्ति जनाइन् ।