सुदूरपश्चिमका पूर्व कृषिमन्त्री चौधरी धरौटीमा रिहा

सुदूरपश्चिमका पूर्व कृषिमन्त्री चौधरी धरौटीमा रिहा

६ जेठ बर्दिया । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख धरौटी बुझाएर रिहा भएका छन् । कृषिमन्त्री हुँदा किसानलाई पावर टिलर दिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत बर्दियाले उनीसँग १० लाख धरौटी माग गरेको थियो । ३० गते जिल्ला अदालतले धरौटी आदेश गरे पनि पूर्वमन्त्री चौधरीले ३१ गते मात्रै धरौटी बुझाएर रिहा भएका थिए ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् । सुरो नेपाल नामक एक संस्थाले बर्दियाको बारबर्दिया गाउँपालिकामा अनुदानमा किसानलाई पावर टिलर ट्र्याक्टर दिने भन्दै रकम उठाएको थियो ।