भारतमा रोजगारीका लागि गएका एकजना नेपाली कामदारको मृत्यु

भारतमा रोजगारीका लागि गएका एकजना नेपाली कामदारको मृत्यु

मंगलबार, २६ असार, २०८०,

काठमाडौं,

भारतमा रोजगारको सिलसिलामा पुगेका एक नेपाली युवाक मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारका पिमलाल वली भारतको चन्डीगढमा कामगर्दै आएका थिए । अचानक बिरामी परेका उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको आफन्तले जानकारी दिए ।

दैनिकजसो झैं सोमबार पनि बिहानको खाना खाएर आफ्नो काममा फर्कनुअघि आराम गरेका थिए । उनी एक्कासी बेहोस भए बिरामी भएपछि चन्डीगढस्थित १६ सेक्टरको एक अस्पतालमा सुरुमा उपचार गर्न पु¥याइएका उनलाई पछि थप उपचारका लागि चन्डीगढकै ठूलो मानिने पीजीआई अस्पतालमा पु¥याइएको थियो ।

त्यहीँ उनलाई सोमबार राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । करिब ४५ वर्षका उनी भारतमा परिवारसहित लामो समयदेखि नै रोजगारी गर्दै आएका थिए ।