शनिबार, २३ असार, २०८०,
काठमाडौं,
नारायणगढ-मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ ।
सडक खण्डको काली खोला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको उक्त सडक खण्डमा शनिबार फेरि पहिरो गएर सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजनका अनुसार कार्यालयको टोली अवरोध हटाउन घटनास्थलमा जाँदैछ । अब थप पहिरो नखसे पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने पनि सडक डिभिजन भरतपुरले जनाएको छ ।