अर्घाखाँचीमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

अर्घाखाँचीमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

मंगलबार, १९ असार, २०८०,

काठमाडौं,

अर्घाखाँचीमा पहिरोले घर पुरिदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।

पाणिनी गाउँपालिका–१ गोवनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जना बालबालिकाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।

आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।