कोशीमा कांग्रेस नेतृत्वको सरकार वनाउने सत्ता गठवन्धनको निर्णय

कोशीमा कांग्रेस नेतृत्वको सरकार वनाउने सत्ता गठवन्धनको निर्णय

सोमबार, १८ असार, २०८०,

विराटनगर,

सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।

कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो ।