दाङमा दलित भएको भन्दै डेराबाट निकाल्ने घरवेटी पक्राउ

दाङमा दलित भएको भन्दै डेराबाट निकाल्ने घरवेटी पक्राउ

शनिबार, १६ असार, २०८०,

काठमाडौं,

दलित भन्दै डेरामा बस्दै आएका दुईजनालाई घरबाट निकाल्ने घरबेटीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पोखरेलले आफ्नो घरमा भाडामा बस्दै आएका अछाम पञ्चदेवल विनायक नगरपालिका– ७ पुल्तोलाका महेन्द्र बिक र हुम्लाको अदानचुली गाउँपालिका– ३ का अंगराज नेपालीलाई डेराबाट निकालेको प्रहरीले बताएको छ ।

प्रहरीले जातीय छुवाछुतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको र दोषी उपर कडा कार्वाही माग गरेको नेपाल  दलित मुक्ति मोर्चा लुम्बिनी का सचिब दुर्गा बहादुर विश्वकर्मा ‘ अबिरल ‘ ले बताउनु भयो ।

घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङ, नेपाल दलित मुक्ति माेर्चा लुम्विनी प्रदेश लगायत विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।