चीनका उपप्रधानमन्त्री ह ली फङ र नेपालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बिच भेटवार्ता

चीनका उपप्रधानमन्त्री ह ली फङ र नेपालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बिच भेटवार्ता

बुधवार, १३ असार, २०८०

काठमाडौं,

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह ली फङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

सो भेटमा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ र चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श पनि भएको छ ।
थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकाहरूमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको जानकारी दिइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकामा धन्यवाद दिएका थिए ।

‘वेस्ट्रन चाइना इन्टरनेसनल एक्स्पो’मा नेपाल सरकारको तर्फबाट सहभागी हुन श्रेष्ठ चीन गएका हुन्।