रक्सी घोटालामा पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति जफत

रक्सी घोटालामा पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति जफत

शनिबार, २३ असार, २०८०,

काठमाडौं,

छिमेकी मुलुक भारतको दिल्लीमा शुक्रबार प्रवर्तन निर्देशनालयले पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ ।

निर्देशनालयले मनिष सिसोदिया, अमनदीप सिंह ढल, राजेश जोशी, गौतम मल्होत्रा र केहि अन्य व्यक्तिहरूले दिल्ली रक्सी घोटाला मामिलामा करिब ५२.२४ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको हो । निर्देशनालयका अनुसार यस मामिलामा अहिलेसम्म १२८.७८ करोड रुपैयाँको सम्पत्ति र अन्य चीजहरू जफत गरिएको हाे ।

यता आम आदमी पार्टीले भने निर्देशनालयसँग सिसोदियाको विरुद्ध कुनै प्रमाण नभएकाले उनीहरूले उनको दुईवटा सम्पत्ति जफत गरेको आरोप लगाएको छ । यीमध्ये एउटा फ्ल्याटमा उनले २००५ मा वसुन्धरा, गाजियाबादमा ५ लाख रुपैयाँमा र अर्को २०१८ मा ६५ लाख रुपैयाँमा दिल्लीको मयुर विहारमा किनेका थिए । यी दुवै फ्ल्याट दिल्लीको अन्तःशुल्क नीति लागू हुनुभन्दा केही वर्षअघि नै किनेको पार्टीको भनाइ छ ।

‘मनिष सिसोदियाको कूल सम्पत्ति ८१ लाख रुपैयाँ छ । यो स्पष्ट छ कि भाजपा र प्रधानमन्त्रीले झूट फैलाइरहेका छन् । किनभने आम आदमी पार्टीका नेताहरू जेल गए पनि भाजपामा सामेल हुँदैनन्,’ दिल्लीको आम आदमी पार्टी सरकारकी मन्त्री आतिशील भनिन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंले मनिष सिसोदियाविरुद्ध केही फेला पार्नुभएन, त्यसपछि ईडीमार्फत मनिषलाई बदनाम गर्न थाल्नुभयो ?’