दक्षिण कोरियाका राष्ट्रपति युून पदमुक्त

768Shares
दक्षिण कोरियाका राष्ट्रपति युून पदमुक्त

२२ चैत्र  काठमाडौं | दक्षिण कोरियका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ।

दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।

संवैधानिक अदालतका आठै जना सदस्य योलमाथिको महाभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एक मत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनी पदमुक्त भएसँगै दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ।

गत डिसेम्बर ३ मा राष्ट्रपति योलले देशमा सैनिक कानुन घोषणा गरेका थिए। तर उनको घोषणालाई दुई घन्टामै संसदले उल्ट्याइदिएको थियो।

रातारात बहुमत सांसदहरू उपस्थित भई भएर सैनिक कानुन लागु गर्ने राष्ट्रपतिको घोषणाविरूद्ध मतदान गरेका थिए।
हुमत सांसदहरूले राष्ट्रपतिको कदमविरूद्ध मतदान गरेपछि राष्ट्रपति योलको कमद असफल बनेको थियो। लोकतन्त्रमाथि प्रहार गरेको भन्दै संसदले राष्ट्रपति योलमाथि महाभियोग लगाएको थियो।
शुक्रबार संवैधानिक अदालतले उनीमाथिको महाभियोग सदर गरेसंगै युन राष्ट्रपतिबाट पदमुक्त भएका छन्।