ब्रा र पेन्टीमा सुन लुकाएर ल्याउने महिला पक्राउ

75Shares
ब्रा र पेन्टीमा सुन लुकाएर ल्याउने महिला पक्राउ

२५ पुस काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिलाले लगाउने ब्रा र पेन्टीमा लुकाएर ल्याइएको सुन बरामद गरेको छ ।पुस २२ गते सुराकीले दिएको विशेष सूचनाको आधारमा फ्लाइ दुबई एयरलाइन्सको उडानबाट काठमाडौं आएकी महिलाको साथबाट करीव १ किलो सुन बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।दुबईबाट काठमाडौं आएकी यात्रु श्रीलंकन नागरिक ४५ वर्षीया महिला कान्थ्यमथ्य काभास्करलाई विमानस्थलको आगमन टनेल गेटमा खानतलासी भएको थियो ।नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा महिलाले लगाई आएको भित्री बस्त्र ब्रा को दुईतर्फ फल्स बटम बनाई सुन धातुको अर्ध ठोस बस्तु पोका थान–२ बरामद भएको छ ।ती महिलाले लगाएको भित्र लगाउने कट्टु समेत शंकास्पद देखिएपछि खानतलासी भएको छ । ती महिलालाई प्रहरीले पुस २३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।नेपाल राष्ट्र बैंकद्वारा परीक्षण गर्दा अर्ध ठोस बस्तु र कट्टुको कुल तौल १ किलो २६९ ग्राम र गलाएपछि सुन ८३२ ग्राम रहेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।