२४ पुस काठमान्डौ । आज बसेको नेपाल सरकार मन्त्री परिषद्को बैठकको निर्णयबाट नेपाल दुरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्ष नवराज अधिकारी नियुक्त हुनु भएको छ । व्यवस्थापन संकाय तर्फ का सह प्रध्यापक समेत रहेका अधिकारी प्राधिकरण संचालक समितिका सदस्य समेत रहनु भएको थियो ।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएपछि सरकारले अधिकारीलाई नियुक्त गरेको हो । खनाललेप्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला उनले सञ्चार मन्त्री रेखा शर्मासमक्ष राजीनामा पत्रमा बुझाएका थिए । आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले राजीनामा दिएका हुन् ।अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमासमेत तानिएका छन् ।