२४ पुस काठमाण्डौ । अनुयायीहरू बेपत्ता पारेको आरोपमा प्रहरीले तपस्वी रामबहादुर बमजनलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले उनलाई काठमाण्डुबाट पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
अनुयायीहरूमाथि बलात्कार र हिंसा गरी बेपत्ता पारेको आरोप उनीमाथि लागेको छ । सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि उनी बेपत्ता थिए ।