मुख्यमन्त्रीको स्वागत र महोत्सवका लागी पठनपाठन ठप्प !

66Shares
मुख्यमन्त्रीको स्वागत र महोत्सवका लागी पठनपाठन ठप्प !

दीपक शर्मा
६ पुस बर्दिया । मुख्यमन्त्रीको स्वागत र महोत्सवको लागी भनेर विद्यालयको पठन पाठन ठप्प पारिएको छ ।
बर्दियाको गुलरिया नगरपालिका पौष ६ गते आजदेखि सुरु भएको प्रादेशिक कृषि पर्यटन तथा औद्योगीक व्यापार महोत्सवको उदघाटन समारोहमा विद्यालयमा अध्ययनरत बालबालिकालाई प्रयोग गरिएको हो । बालबालिकालाई आ आपनो विद्यालयबाट विहान ११ वजेनै रयालीमा सहभागी गराएको थियो । विद्यालयको पठन पाठन ठप्प पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीको स्वागत र महोत्सवको प्रचार प्रसारका लागी विद्यालय समयमा विद्यालय बन्द गराई बालबालिकालाई प्रयोग गरिएको हो । यस विषयमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले विद्यालयका बालबालिका विद्यालयमा हुने समयमा कसरी रयालीमा गए भन्ने विषयमा आफुलाई थाहा नभएको बताए । यता गुलरिया नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादवले महोत्सव आयोजक उद्योग वाणिज्य संघ गुलरियाले महोत्सव उदघाटनको दिनमा बालबालिकालाई ११ वजे रयालीमा सहभागी गराइदिन भनि पत्र काटेको र सोहि अनुसार बालबालिकाहरु सहभागी भएको बताए । विद्यालयको पठन पाठन ठप्प पारेर मुख्यमन्त्रीको स्वागत र महोत्सवको लागी बालबालिका प्रयोग गरिएकोमा स्थानिय वासीले आक्रोस पोखेका छन ।