असन्तुष्टि विकल्प के !

1.7KShares
असन्तुष्टि विकल्प के !

डम्मरबहादुर परियार
२०६२ / ०६३ को जनआन्दोलन पछि जनताको सम्पूर्ण आशा भरोसा भएको पार्टीले जनमतलाई निरासा बनाएको कारण दोस्रो संविधानशभा बाट माओवादी पार्टी प्रती जनताले तीब्र असन्तुष्टि प्रकट गरिरहेको अवस्था जगजाहेर छ । माओवादी पार्टीको आन्तरिक समस्या पनि केही हदसम्म यस प्रक्रिया को कारक मान्न सकिन्छ । एमाले र काङ्ग्रेसलाई जनताले विकल्प ठानेका हैनन तर असन्तुष्टि ब्यक्त गर्दाको लाभ उनीहरुले प्राप्त  गरेका हुन ।

२०७४ र २०७९ को चुनाव त्यसकै परिणाम हो २०७९ को चुनावमा भने तिनवटै दल प्रतिको अबिश्वास रास्वपा लाई मिलेको हो । काङ्ग्रेस एमालेले क्रमश २०७४ र २०७९ को चुनावमा माओवादी पार्टीको लोकपृय मतको प्रयोग गरि देशमा पहिलो पार्टी बनेकै हुन । कोरोना कहरले देशको अर्थतन्त्र संकटग्रस्त ,जनता राजनीतिक दल प्रतिको तीब्र असन्तुष्टि , आक्रोश अति नै जोखिमपुर्ण समयमा अन्ततः २०७९ को आमनिर्वाचन पछि नेकपा माओवादी केन्द्र, प्रचण्ड नेतृत्वको सरकारले ३२ सिटमा सिमित रहदा पनि चुनौतीको समना गर्दै शक्तिको प्रवाह नगरी बिभित चुनौतीका बावजुद देश र जनताका सवालमा सुशासन , भ्रष्टाचार विरुद्धको अभियान , मिटर ब्याज पीडितलाई न्याय ,उर्जा छेत्रमा उज्यालो नेपाल अभियान,रास्ट्ररिय गौरवका योजना मा अनुगमन र सुधार , ठुला ठुला भ्रष्टाचार काण्डको छानबिन ,अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको बलियो उपस्तिथि पेट्रोलियम पदार्थमा मूल्य घटाउदै समायोजन र नियन्त्रण, महङी नियन्त्रण लगायत जनजिबिका का सवालमा एतिहासिक काम गरेको र आफुलाई सत्ता सञ्चालनमा अहिलेसम्मकै अव्वल साबित गरेको हुँदा जनमत फेरिपनी माओवादी केन्द्र र त्यसको नेतृत्वकै वरिपरि केन्द्रित भएको र पुर्व प्रधानमन्त्री प्रचण्ड प्रति आकर्षण बढेको कुरा अरु पार्टीका प्रमुख नेताहरु जनताको बिचमा जनताको सुखदुःखमा पुग्न डराउनु र प्रचण्ड निर्धक्क जनतामा जानू र जनताले भब्यरुपमा ठाउँ ठाउँमा स्वागत गर्नुबाट प्रष्ट देखिन्छ ।

तसर्थ माओवादी पार्टीको रुपान्तरण र ब्यवहारमा सुदृढीकरणले नै यस पार्टीको भबिस्य निहित रहनेछ भने यसकै नीति , निर्देशनमा नै अबको राजनीतिक कोर्स, देसको समग्र प्रगति उन्नति समेत निर्धारित हुने कुरा निश्चित छ।