आज जुन २६ लागू पदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस

21Shares
आज जुन २६ लागू पदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस

१२ असार काठमाडौं ।आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।

यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस मनाउनुको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलले गरेको संयूक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागुऔषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । त्यसको दुई दशक बढी समय बितिसक्दा यो संख्या दोब्बर भन्दा धेरै भएको अनुमान छ ।

खुल्ला सिमानाका कारण नेपालका सिमा क्षेत्रसँग जोडिएका जिल्ला लागूऔषधको कारोबारबार गर्ने सुरक्षित स्थल जस्तै बन्दै गैरहेको पाइन्छ भने सिमा नाकाबाट दैनिक लागूऔषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भैरहन्छन् । यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका सिकार हुँने गर्दछन् भने उनिहरु विभिन्न अपराधिक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ । अर्कातिर समाजमा अपराधिक गतिविधि बढ्दै गैरहेको पाइन्छ । नेपालमा पनि सन् १९६० पछि लागुऔषधको कारोबार र प्रयोग बढ्दै गैरहेको पाइन्छ ।

नेपालमा पनि लागु औषधको कारोबार र प्रयोग सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ, गाँजाको अनधिकृत खेती र भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागु औषधको कार्य भूमि बन्दै गएको पाईन्छ ।

चुरोट, गाँजा जस्ता लागु औषध किनेर खाने र सुई हान्ने काम पनि नेपालमा बढ्दो क्रममा रहेको छ । यस्तो प्रकारको पदार्थ सेवन गर्नु भनेको आधुनिक र समयसापेक्षित बन्नु हो भन्ने युवाहरुमा आएको विचारका कारण पनि युवाहरु यसको कुलतमा फसेको देख्न सक्छौ । कलेजको बाहिर, चिया पसलमा बसेर चुरो उडाउनु र गाँजा फुक्नु अहिले सामान्य विषय बनेको छ जुन देशको लागि हानिकारक बन्न सक्छ । देशका शक्ति भनिएका युवाहरु नै आफूलाई मार्नतिर लागेका छन् भने हाम्रो देशको अवस्था कस्तो होला अनुमान गर्न सकिन्छ ।

सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेआम गर्दा पनि प्रशासन लगभग मौन नै देखिन्छ । नेपालका विभिन्न सहरहरूमा व्यवसाहीक रूपमै खोलिएका दुर्व्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसाहीक सफलताले हाम्रो समाजको वास्तविकता झलकाउने गर्दछ।

तसर्थ यसमा सरकार,नागरिक समाज सबैको चासो र चिन्ता हुनुपर्दछ ।
यसै सन्दर्भमा गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै छ । समितिले आज बिहान काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।