मकै पोलेर छोरी अमेरिका पठाइन सिताले

24Shares
मकै पोलेर छोरी अमेरिका पठाइन सिताले

२०८१ श्रावण ६  गते  सुर्खेत । दैलेख नारायण नगरपालिका वडा नं ७ बस्ने सीता कुमारी बुढाले मकै बेचेर जीविकोपार्जन गर्दै आएकी छन्। अहिले उनि सुर्खेत बहुमुखी क्याम्पस नजिकै मकै पोलेर बेच्न थालेको १८ वर्ष भयो । घाम पानी झरी बर्खा चाहे जे सुकै होस् सीता दिनहुँ मकै पोल्न यहाँ आइपुग्नुहुन्छ । तिन छोराछोरीकी आमा सीतालाई दिनभर मकै पोल्न भ्याइनभ्याइ हुन्छ ।उनको छोरी डिभि परि अमेरिका जाने भए पछि निकै खुसी ब्यक्त गर्छिन।लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उनको भनाइ छ।

दाउराको धुवाँले आँखा पोल्छ, झरीले दपेट्छ अनि चर्को घामले छाला डढ्छ तर हरेक दिन दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म सीताको काम यही हो ।आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उनको अनुभव छ।
अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेरबेच्ने गरेकी  छिन । आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु’, उनले भनिन्, ‘मकै लिन बिहान वीरेन्द्रनगर जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ।’

गर्मी समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति बुढा सन्तुष्ट छिन्।दिनमै १०० भन्दा बढी मकै बिक्री हुने गरेको छ ।यति धेरै गर्मीको समयमा पनि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उनको भनाइ छ।