लखनउले सजिलै हरायो चेन्नईलाई

63Shares
लखनउले सजिलै हरायो चेन्नईलाई

८ वैशाख काठमाडौ । कप्तान केएल राहुल र क्वीनटन डी कको शतकीय साझेदारीको मद्दतले लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ ८ विकेटले विजयी बनेको हो ।चेन्नईले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए ।उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै राम्रो साथ दिए । दुवै मिलेर पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए ।
निकोलस पुरनले नटआउट रहँदै २३ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए । चेन्नईका लागि मुस्तफिजुर रहमान र मथिसा पाथिरानाले १–१ विकेट लिए ।