५ चैत काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अध्यक्ष ग्रेग बार्कले आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन् । अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ क्यान का सचिव पारस खड्कालगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत भएका थिए । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गर्ने क्यानले जनाएको छ ।