आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

780Shares
आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

१९ फागुन काठमाडौं । त्रिदेशीय शृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । लिग चरणको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो ।हिजो भएको रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको थियो । उक्त जितसँगै घरेलु टिम नेपालले त्रिदेशीय शृंखलाको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।त्रिवि क्रिकेट मैदानमा लगातार चार हारपछि नेपालले शुक्रबार जित निकालेको हो । यसअघि नेपालले लिग–२ अन्तर्गत शृंखलाको अन्तिम दुई खेल र ट्वान्टी–२० शृंखलाको सुरुआती दुई खेल गरी लगातार चार खेलमा हार व्यहोरेको थियो ।