३ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा१६ ओभरमा ४ विकेट गुमाउदै ४३ रन बनायर खेलिरहेको छ नेपाल दबाबमा परेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९. ३ ओभरमा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।