यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग पराजित

63Shares
यु–१९ विश्वकप  :  नेपाल न्युजिल्यान्डसँग पराजित

८ माघ काठमाडौं। आइसिसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ।दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपाल दुई सय ३८ रनमा सीमित भयो।नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन । एक सय चार बल खेलेका उनले १२ चौका प्रहार गरे। साथै कप्तान देव खनालले ३६, सुभाष भण्डारीले ३३ र तिलक भण्डारी १७ रनको योगदान दिए।