एसियन कपमा अस्ट्रेलियासँग भारत पराजित

39Shares
एसियन कपमा अस्ट्रेलियासँग भारत पराजित

२८ पुस काठमान्डौ । एएफसी एसियन कप फूटबल प्रतियोगितामा भारत अस्ट्रेलियासँग पराजित भएको छ ।
शनिवार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २–० गोलले हराएको हो ।समूह ‘बी’को यो खेलको पहिलो हाफमा भारतले अष्ट्रेलियालाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा अस्ट्रेलियाले दुवै गोल गर्दै सहज जीत निकालेको हो ।जीतसँगै समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले ३ अंक जोडेको छ ।भारत र अष्ट्रेलियाको समूहमा उज्वेकिस्तान र सिरिया पनि छन् । यसअघि शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३–० गोलले पराजित गरेको थियो ।