२० पुस काठमान्डौ । घरेलु टिम दक्षिण अफ्रिकाविरूद्ध केप टाउनमा भएको दोस्रो टेस्ट भारतले दोस्रो दिनमै आफ्नो पक्षमा परेको छ। ७ विकेटको जितसँगै सिरिजमा १(१ को बराबरी भएको छ।ब्याटिङ नचलेको टेस्टमा दक्षिण अफ्रिकाले दिएको ७९ रनको झिनो लक्ष्य भारतले ३ विकेटको क्षतिमा पूरा गर्यो।ओपनर यसश्वी जैसवाल २८ रन, शुभमन गिल १० रन र विराट कोहली १२ रन जोडेर आउट भए। कप्तान रोहित शर्माले नटआउट १७ रन बनाए। बलिङमा भारतका मोहमद सिराजले ६ विकेट लिए। उनले ९ ओभरमा ३ मेडन राख्दा १५ रन दिए।