३ पुस काठमान्डौ । आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्स सर्वाधिक महँगा खेलाडी बनेका छन्।उनको आधार मूल्य २ करोड भारु रहेको थियो। उनलाई भित्र्याउन सुरुमा चेन्नइ सुपरकिंग्स र मुम्बई इन्डियन्सले बोली लगाएका थिए। त्यसपछि रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावाद पनि प्रवेश गरेका थिए।अन्तिमसम्म बैग्लोर र हैदरावादले बोली लगाएका थिए। जसमा हैदरावादले २०,५० करोड भारूमा भित्र्यायो। अक्सनबाट खेलाडी भित्र्याइएको अहिलेसम्मकै ठूलो रकम हो।अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८,५० करोड भारुमा आबद्ध गरेको थियो।