२७ मंसीर काठमान्डौ । भारतविरूद्धको दोस्रो टी २० खेलमा घरेलु टिम दक्षिण अफ्रिकाले डिएलएस मेथडमा ५ विकेटको जित निकालेको छ। पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १८० रन जोडेको थियो।भारतका लागि कप्तान सूर्यकुमार यादवले ५६ रन र रिंकु सिंहले ६८ रन जोडेका थिए। तर वर्षाका कारण १५ ओभरमा १५२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
दक्षिण अफ्रिकाका लागि रीजा हेनरिक्सले ४९ रन जोडे भने कप्तान एडिन मक्रमले १७ बलमा ३० को योगदान गरे।