यू १९ एसिया कप भारतसँग लज्जास्पद हार्दै बाहिरियो नेपाल

78Shares
यू १९ एसिया कप भारतसँग लज्जास्पद हार्दै बाहिरियो नेपाल

२६ मंसीर काठमान्डौ । दुबईमा जारी यू १९ एसिया कप क्रिकेटअन्तर्गत भारतसँग नेपालले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ ।नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले बिना कुनै क्षति पूरा गर्‍यो । भारतले ७,१ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको हो ।भारतका ओपनर ब्याट्सम्यान आदर्श सिंहले १३ रन र अश्र्विन कुलकर्नीले ४३ रन बनाए । उनले ३० बलमा पाँच छक्का र एक चौकाको मदतमा ४३ रन बनाए ।पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गर्‍यो । नेपालले २२,१ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो ।नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको नेपालको रन रेटसमेत ऋणात्मक छ ।