मधेसले जित्यो केपी ओली कपको उपाधि

48Shares
मधेसले जित्यो केपी ओली कपको उपाधि

१५ मंसीर काठमाडौं । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घरेलु क्रिकेट प्रतियोगितामा मधेसले जितेको यो पहिलो उपाधि हो ।शुक्रबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न फाइनलमा मधेसले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२४ रनमात्र जोड्न सक्यो ।आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन बनाए । विवेक यादवले २५, बसिर अहमेदले २२ रन जोड्दा सोमपाल कामी र सन्तोष कार्कीले समान १६ रन बनाए ।मधेसका कप्तान हरिशंकर साहले चार विकेट लिए । चार ओभर बलिङ गरेका हरिशंकरले १९ रनमात्र खर्चिए । प्रदीप पासवानले दुई र प्रथिक यादवले एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो ।